मुग्लिन – नारायणगढ सडक खण्ड २४ गते सम्म दिउँसो बन्द हुने

everest kitchen
photo :file

चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि  काम नसकिदा पुनः सडक सुचारु नहुने बताइएको हाे

सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । सडक बन्दकाे समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी साधनलाई पन्ध्र किलोमा रोकिनेछ भने मालबहाक सवारी साधनलाई दासढुंगामा रोकिने छ । यसैगरी काठमाडौंबाट मुग्लिनतर्फ आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारी साधनलाई बेनिटारमा रोकिनेछ ।

एम्बुलेन्स, शववाहन र सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनको हकमा भने सुरक्षा निकायको समन्वयमा सडक पास गराउने व्यवस्था गरिएको छ ।