सार्वजनिक बसभित्र युवतीको कपालमा विर्य स्खलन युवा चितावानबाट पक्राउ

everest kitchen

काठमाडौँ — सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् । अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन ।

प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए । यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ ।
Kantipur