डोनाल्ड ट्रम्पमाथि कयौं महिलाद्वारा यौन दुव्र्यवहार गरेकाे आरोप

 

वाशिंटन। अमेरिकाको राष्ट्रपति  बनेपछि डोनाल्ड ट्रम्पलाई विवादले छोडेको छैन। यतिबेला ट्रम्पको एक पोर्नस्टारसँग सम्बन्ध रहेको चर्चा हुन थालेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति निर्वाचन पहिला पोर्नस्टारलाई चुप राख्न ट्रम्पले  १.३० लाख डलर दिएको खुलासा भएको छ।

अमेरिकाको एक पत्रिकाले आफ्नो रिपोर्टमा २००६ मा एक सेलिब्रेटी गल्फ म्याचका क्रममा ट्रम्पको भेट पोर्नस्टार स्टिफेनी क्लिफोर्डसँग भएको उल्लेख गरेको छ। सो पत्रिकाका अनुसार स्टिफोनीलाई स्टार्मी डेनियल्सको नामले पनि चिनिन्छ। उनीहरुबीचको भेटपनि शारीरिक सम्पर्क भएको थियो। ट्रम्पको यसअघि नै  मेलानिसासँग विवाह भइसकेको थियो।

संचारमाध्यमका अनुसार पोर्न स्टार स्टिफेनी २०१६ मा एक टेलिभिजन च्यानल र एक म्यागेजिनसँग आफू र ट्रम्पबीचको सम्बन्धका विषयमा कुरा गर्न तयार भएकी थिइन्। तर, राष्ट्रपति चुनाव भन्दा ठीक अगाडि ट्रम्पका वकिल माइकल कोहेनले उनीसँग भेट गरेका थिए। सो भेटपटि स्टिफोन टिभी र म्यागेजिनसँग कुरा नगर्ने निर्णयमा पुगेकी थिइन्। त्यस वापत उनलाई १ दशमलव ३० लाख लडर दिइएको थियो।

ह्वाइट हाउसले पत्रिकामा सो सम्बन्धी समाचार प्रकाशित भएपछि एक विज्ञप्ति जारी गरेको छ। जसमा सो समाचारलाई पुरानो  र  तोडमोड गरिएको उल्लेख छ। राष्ट्रपतिको चुनावभन्दा पहिला यो खबर प्रकाशित भएको थियो।  जसलाई ट्रम्पले खारेज गरिदिएका थिए। ट्रम्पका वकिलले पत्रिकको सो दाबीको खण्डन गरेका छन्। राष्ट्रपति चुनाव प्रचारको क्रममा ७१ वर्षीय ट्रम्पमाथि कयौं महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए।

0
Shares

Comments

comments