तीव्र गतिमा रहेको एउटा कार उडेर पहिलो तलामा पुग्याे 

 

अमेरिकाको क्यालिफोर्नियामा तीव्र गतिमा रहेको एउटा कार सडकमा रहेको डिभाइडरमा ठोक्किँदा उडेर एउटा कार्यालयको पहिलो तलामा पुगेको छ ।
आइतबार सडकको डिभाइडरमा ठोक्किएको कारको आधा भाग भवनको पहिलो तलाको झ्यालमा अड्किएको छ । कारमा सवार दुवै जना सामान्य घाइते मात्रै भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सञ्चार माध्यमलाई जनाए अनुसार चालकले लागुऔषध सेवन गरेको पाइएको छ । उनको अस्पतालमा उपचार भैरहेको छ ।

दुईमध्ये एक जना दुर्घटनालगत्तै कारबाट बाहिर निस्कन सफल भए पनि एक जनालाई भने आधा घण्टापछि मात्रै उद्धार गरिएको थियो । दुर्घटनापछि सानो आगो पनि लागेको बताइएको छ ।

0
Shares

Comments

comments