कोहलीले बिवाह पछि पहिलो सतक दक्षिण अफ्रीकाविरूद्ध प्रहार गरे

दक्षिण अफ्रीकाविरूद्ध भारतीय कप्तान विराट कोहलीले सतक प्रहार का छन्। सेन्चुरियनमा जारि ३ टेस्टको शृंखला अन्तर्गत दोस्रो टेस्टको तेस्रो दिनको खेलमा कप्तान कोहलीले आफ्नो टेष्ट करियरको २१ औं सेन्चुरी प्रहार गरेका हुन्।

यो सतकसँगै विराट कोहली सचिन तेन्दुलकरपछि दक्षिण अफ्रिका बिरूद्ध टेष्टमा सतक प्रहार गर्ने पहिलो भारतीय कप्तान हुन्।

सचिन तेन्दुलकरले आजभन्दा २१ वर्षअघि दक्षिण अफ्रिकाबिरूद्ध टेस्ट शतक बनाएका थिए। त्यसयता कुनै पनि भारतीय कप्तानले दक्षिण अफ्रिकाबिरूद्ध टेष्टमा सेन्चुरी प्रहार गर्न सकेका थिएनन्।

टेस्ट क्रिकेटमा २१ औं सतक प्रहार गर्दै विराट कोहलीले डेविड वार्नर, हार्वी, गैरी कर्स्टन, एन्ड्र्यू स्ट्राउस, एबी डीविलियर्स र डेविड बोनसँग बराबरी गरेका छन्।

अहिले कोहलीसँगै वार्नर र एबी डीविलियर्स मात्र अन्तराष्ट्रिय क्रिकेटमा सक्रिय छन्। विराटले २१ औं सेन्चुरीसम्म पुग्न सबैभन्दा कम पारी खेलेका छन्।

विराट कोहलीलेले अहिलेसम्म टेस्ट क्रिकेटमा ५४ का उत्कृष्ट औषतमा ५ हजार ४ सय भन्दा बढी रन बनाएका छन्।

बिवाह पछि पहिलो पटक मैदानमा आएका कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै सतकीय पारी खेलेका हुन्।

0
Shares

Comments

comments