CTEVT संयोजक मेघनाथ चापागाईं माथि रापस घर्तिद्वारा कुटपिट

चापागाईं आँखाको चश्मा फुट्ने गरी हिर्काएका थिए

 

काठमाडौं । अनेरास्ववियुका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य आकाश घर्तीले CTEVT राष्ट्रिय कमिटी संयोजक मेघनाथ चापागाईंलाई कुटपिट गरेका छन् । अनेरास्ववियुको केन्द्रीय माहाधिबेशन नजिकिदै गर्दा केन्द्रीय कमिटीले जारी गरिको सर्कुलर कार्यान्वयनको विषयमा CTEVT राष्ट्रिय कमिटीको बैठकमै रापस घर्तीले संयोजक चापागाईंलाई कुटपिट गरेका छन् । CTEVT राष्ट्रिय कमिटी सम्मेलनको निर्णय भएर माइन्यट गरेपछि सोही CTEVT राष्ट्रिय कमिटीका सचिव रमेश सिंह ठकुरीले माइनट लिएर भागेका थिए ।

संयोजक मेघनाथ चापागाईंले सोही माइनट लिएर भाग्ने सचिव ठकुरीलाई फिर्ता गराउन CTEVT राष्ट्रिय कमिटीका इन्चार्ज र सह इन्चार्जलाई आग्रह गरेका थिए । त्यसै समयमा रापस घर्तीले बैठकको र बैठकले गरेको निर्णयको कुनै औचित्य नभए भन्दै टेबुलमा हातले हान्दै संयोजक चापागाईं माथीनै कुटपिट गरेरे आँखाको चश्मा फुट्ने गरी हिर्काएका थिए । संयोजक निकट एक नेताले अनेरास्ववियु बिधि बिधान र पद्धति विरुद्ध हात प्रहार गर्ने काम भएकोले सोही हात प्रहार गर्नेलाई अनेरास्ववियु अनुशासन अयोगसामु कारबाहीका लागि उजुरी गरेको बताए । मेघनाथ चापागाईलाई यस घटना बारेमा बुझ्दा उनले भने “ मलाई रापस घर्ती टाउको र चश्मा फुट्ने गरी उहाँ पिट्नु भयो, अरु साथी नभएको भए मेरो ज्यानै पनि जाने थियो , कि टेबल कुर्सीले हान्न लाग्नु भएको थियो अन्य साथीले छेकेर ति समानले लाग्न पाएन ।´´

0
Shares

Comments

comments