उपसभामुख शिवमाया तुम्बाहाङफेले राजिनामा घाेषणा गरिन

everest kitchen

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ॅमैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।

तुम्बाहाङफे सभामुख पदकाे लागि याेग्याे भएकाे दावि गर्दै अाएकी थिईन । तर नेतृत्वले तालमेल मिलाउने गरि अग्नी सापकाेटालाई सभामुखको उम्मेदवार बनाएपछि उनि पछि हटेकी हुन । पुर्बसभामुख कृष्णबहादुर महरालाई बलात्कारको मुद्दा लागेपछि सभामुख पद खालि थियाे ।