हेमन्त आलेकाे सालैजो गित ‘लाहुरे साइलो’ सार्वजनिक 

म्युजिक भिडियालाई विष्णु शर्माले सम्पादन गरेका छन्

काठमाडौं ।  चर्चित  गायक तथा  नेपाली सांगीतिक आकाशमा चिर परिचित नाम हो हेमन्तआले। एक पछि आर्को सफलताको खुड्किलो पार गर्दै आइरहेका आलेको नया लोक दोहोरी गित तिर्सना  म्युजिकबाट  बजारमा आएको छ  ।

बजारमा दिनहु नया नया गित संगीत आउने क्रम बढ्दो मात्रमा छ यसैक्रममा  सालैजो गित  ‘लाहुरे साइलो’ सार्वजनिक भएको छ । गीतमा हेमन्त आलेको लय सब्द र आवाज छ भने  सुमन थापा मगर ले साथ दिएकी छन्  ।

गीतमा आफैले अभिनय गरेका छन् भने साथमा चर्चित मोडेल रिना थापाले साथ दिएकी छन् ।निर्देशनमा प्रकाश भट्ट रहेका छन्  भने   राजेश घिमिरेको छायांकन रहेको म्युजिक भिडियालाई विष्णु शर्माले सम्पादन गरेका छन् ।यो गितका सम्पूर्ण कलाकार तथा सर्जकलाइ अनलाइनपानाको तर्फबाट शुभकामना ।

 

0
Shares

Comments

comments