कल्पना श्रेष्ठद्वारा लिखित उपन्यास “सञ्जीवनी” फागुन ४ गते बिमाेचन हुने

काठमाडौं । गजलकार एवं उपन्यासकार कल्पना श्रेष्ठ अढाइ दशकअघिदेखि नेपाली काव्यजगतमा साधनारत रहँदै आएकी सहज,संवेदनशील तथा प्रतिभा भएकी साहित्यिक व्यतिक्तित्व हुन् । यस अघि यिनका अनि अनिश्चित यात्राका हरफहरु कविता सग्रह० २०६०, अन्यत्हीन जीवन ९खण्डकाब्य० २०६१, कल्पपुञ्ज ९गजल एल्बम० २०६८,  ए १ फूलका मालीहरु गजल सगङ्ग्रह २०६९ प्रकाशित छन् भने हालः सञ्जीवनी उपन्यास २०७४, यँहि फागुन ४ गते शुक्रबार सर्वनाम थ्रेटर कालिकास्थानमा सार्वजनिक हुन लागेको छ ।

उनी नेपाली महिला साहित्यिक संस्था गुञ्जनका अजीवन सदस्य हुन। अध्ययन र जागिरकै क्रममा स्याङ्जाको साहित्यिक गतिविधिमा संम्लग्नता राख्नु हुने कल्पना २०५९–०६० तिर सृजना बिसौनि साहित्यिक संस्थाको संस्थापक अध्यक्षको रुपमा कार्यरत रही मासिक साहित्यक वाचन तथा साहित्यिक इतिवृद्धिमा निरन्तर लागि परिरहने सर्जगमा पर्छिन् । स्याङ्जा, पुतलीबजार न.पा.–१ अभियानपथमा जन्मिएकी गजलकार एवं उपन्यासकार कल्पना श्रेष्ठ कल्पपुञ्ज अफ्नो कलमलाई तिखोरुपमा चलाउदै आईरहेकी छिन्
? त्सैय गरी स्याङ्जा साहित्यिक प्रतिष्ठानको सदस्य रहेर सृजना तर्फ निरन्तर कलम चलाई रहने उनीबाट रचना भएको नेपालको पहिलो गणतन्त्र दिवसमा अधिराज्य व्यापि राष्ट्यि जागरण गीत प्रतियोगितामा “आउँ आउँ सबै मिलि हातेमालो गर्रौ,यो देशको पहिचानमा स्वर्णिम अक्षर भर्रौ” भन्ने बोलको गीतले दोस्रो भै तत्कालिन प्रधानमन्त्रि द्धारा पुरस्कार प्राप्त गरेको थियो ।

 

फागुन ४ गते शुक्रबार सर्वनाम थ्रेटर कालिकास्थानमा सार्वजनिक हुन लागेको उनको आवाजविहिन किशोरीहरुको कथा बोकेको उपन्यास “सञ्जीवनी” को पूर्वकथनबाट केही अंशः बालशखाका ती स्मृतिस लङ्गुरबुर्जाका च्याँखे, जङ्गलका पानीअमला, ऐँसेलु र अँगेरी चपाएर बनाएका कालो मुख । रीतासँग आलो खेतमा पोतिएर आएको अनुहार । आमाले नाङ्गै पारेर नुहाइदिएको स्मृति । वृत्ता आमोईको बारीको सब्जीको सत्यानाश । कति कति खुसी र रमाइला पल आउँछन् मनमा सुरुङ बनाएर । आँधीखोलामा पौडिएर छाला डढाएका दिन । किनारमा बनाएका बालुवाको घर र बालुवामा सिन्का लुकाउने खेल । आहा १ कस्तो मीठो स्मृति १ आँखा बन्द गरेर खोज्न चाहन्छु त्यही बाल्यकाल ।

 

छन् पीडाका पहाड उस्तैस जीवन कोक्याउने बाल्यकालका भोगाइ, चौतर्फी यौनिक हिंसाले फणा फिजाएका गोरेटाहरूलाई भोगाइका भूमध्यसागरले डुबाउन हरप्रयास गरिरहेँ । आज त्यही भोगाइमा पौडेर किनार लागेको ओ मेरो प्रिय जिन्दगी १ बाँच्नुको परिभाषामा तिमी छौ र त म छु । डरलाग्दा विपनाका भीरहरू छिचोल्दै हिमाल चढ्न दौडिरहेका सपनालाई कहिल्यै तुहिन दिइनँ मैले । के आवाज नहुनु जिन्दगी हैन ?

0
Shares

Comments

comments