डिडि ग्रुपले ल्यायो अफरै अफर ! के छ त अफरमा ? 

राजधानीको सोह्रखुट्टेमा रहेकोे उक्त कम्पनीले बिदेशी विद्यार्थीहरुलाई स्वदेशमा ल्याउने र नेपाली विद्यार्थीहरुलाई यु एस ए, अस्ट्रेलिया, क्यानडा, जापान, यु के, साइप्रस, माल्टा, भारत, न्युजिल्यान्ड, पोल्यान्ड, जर्मनी र अन्य धेरै देशहरुमा अध्ययन संगै ग्रुपले सेवा प्रदान गर्दै आएको छ ।

नेपालबाट बिदेशका राम्रा र उत्कृष्ट विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुको लागि डिडि ग्रुपले यस्तो अफर ल्याएको हो ।
डिडि ग्रुपले विभिन्न किसिमको परिक्षाको तयारी जस्तै ELTS, TOEFL, NAT, JLPT का साथै विदेश पढ्न जान चाहनेहरुको लागि शैक्षिक परामर्श र विभिन्न भाषाहरू संचालन गर्दै आइरहेको छ ।

त्यस्तै डिडि ग्रुपले होलिडेज प्याकेज अन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई हनिमुन प्याकेज र हनिमुन टुरको सेवा दिदै आएको छ ।
त्यसैगरी डिडि ग्रुप अफ कम्पनीले आन्तरिक र बाह्य हवाई टिकटको बुकिङ, आन्तरिक र बाह्य होटल बुकिङ र माउन्टेन फलाइटको सेवा पनि दिदै आइरहेको छ ।

डिडि ग्रुपले आगामी दिनमा होटल, ट्रेकिङ, र्‍याफि्टङ, कृषि, विद्युत, एयरलाइन्स, कृषि तथा वित्तीय क्षेत्रमा लगानी विस्तार गर्ने कम्पनीका निर्देशक गोविन्द मरासिनीले बताउनुभयो । उहाँले गुणस्तर सेवा र दक्ष जनशक्ति उत्पादन नै आफ्नो ग्रुपको उद्देश्य रहेको बताउनुभयो ।
यस डिडि ग्रुप अफ कम्पनीको अध्यक्ष बुद्धि प्रसाद रेग्मी, युवा उद्यमी गोविन्द प्रसाद मरासिनी, ट्राभल प्रवन्ध निर्देशक इन्द्र मणि नेपाल, होलिडेज स्पेसल निसान भट्टराई हुन् ।
कम्पनीले विगत १० वर्ष देखि दक्ष शिक्षक द्वारा गुणस्तर शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

0
Shares

Comments

comments