काँग्रेस छाडेर गगन थापा ‘माओवादी केन्द्रमा’ प्रवेश गर्ने चर्चा

काँग्रेसका प्रभावशाली युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी थालेका छन् ।

माओवादी केन्द्रले प्रत्यक्ष कार्यकारीको एजेण्डा आत्मसात गर्दै स्थापित गराउन पहल थालेका बेला नेता थापा पार्टी प्रवेश गर्ने विषयमा सोच्न थालेको उनका निकटस्थहरु बताउँछन् । स्रोतका अनुसार स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गरेका नेता थापाले आफूलाई पुनःमन्त्री न बनाईए पार्टी छाड्ने सम्मको निर्णय लिनसक्ने विकल्पबारे सोचिरहेका छन् । हाल कांग्रेस पार्टी नेतृत्वसँग चर्को असन्तुष्टि राख्दै आएका नेता थापा पनि प्रत्यक्ष कार्यकारीको पक्षधर हुन ।

यद्यपी उनले पार्टी छाड्ने गरी छलफल बहस गर्नुको कारण अर्कै छ । माओवादी केन्द्रले उर्जामा राम्रो काम गरेका जनार्दन शर्मालाई प्रोत्साहन गर्दै गृहमन्त्री बनाउँदा स्वास्थ्य मन्त्रीको रुपमा राम्रो काम गर्दा पनि कांग्रेसमा भने आफ्नो मुख्यांकन नभएपछि थापा असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समय पार्टी नेतृत्वसंग असन्तुष्ट रहेका नेता थापा माओवादीमा जान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विभिन्न नेताहरुसँग अनौपचारिक वार्ता पनि शुरु गरिसकेको बताइन्छ । मन्त्री हुनु पहिला प्रचण्डका कडा आलोचक नेता थापा अघिल्लो मन्त्रिपरिषदमा सँगै काम गर्दा बुझ्न पाएपछि उनी अहिले प्रचण्डका समर्थक भएका छन् यता प्रत्यक्ष कार्यकारीको एजेण्डा मिलेपछि नयाँ शक्ति र माओवादी केन्द्रको एकता पनि अन्तिम चरणमा पुगेको छ । गगन थापा पनि शुरु देखि नै प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको पक्षमा छन् । जुन कि अहिले माओवादी केन्द्रले उठाएको छ ।

स्थानीय तहको निर्वाचनमा जनताको भावना विपरीत नेतृत्व माओवादीको पछि लागेर गठबन्धन बनाएका कारण पनि गगनले कांग्रेस भन्दा राम्रो माओवादी नै हुने आकंलन गरिरहेका छन् ।यस विषयमा काँग्रेसका एक नेतासंग हामीले कुरा गर्दा गगन पार्टी नेतृत्वबाट असन्तुष्ठ रहेको बताए । पार्टीलाई नेतृत्वले अनिर्णयको बन्दी बनाएकोले पनि थापाको असन्तुष्टि रहेको ती नेताले बताए । यद्यपी पार्टी छाड्नेबारे अहिले नै निर्णय लिन नसक्ने उनको दाबी छ ।

0
Shares

Comments

comments