अनेरास्ववियु पुनर्गठन हुँदै, रश्मि आचार्य अध्यक्ष बन्ने निश्चित

अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसदको सपथ खाएपछि अहिले को अखिलमा अध्यक्ष बन्ने भन्ने बिषयले प्राथामिकता पाएको छ । र अखिल पुनर्गठन मुद्दामा प्रवेश पाउदै गर्दा अखिलका प्रभावशाली नेता रश्मि आचार्यको चर्चा चुलिएको छ ।

अनेरास्ववियु स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरिसकेकि छिन् । अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलबाट राजीनामा दिएका थिए र योगेश भट्टराई अध्यक्ष बनेका थिए ।

अहिले पनि अखिल पुनर्गठनको मुद्दामा केन्द्रित भएको छ । पुनर्गठनको मुद्दालाई लिएर अखिल अध्यक्ष नविना लामा, पूर्व अखिल अध्यक्ष किशोर बिक्रम मल्ल, पार्टी केन्द्रीय सदस्य तथा विधार्थी इन्चार्ज रबिन्द्र अधिकारी लगाएतका नेताले रश्मि आचार्यलाई नै अध्यक्ष बनाउन लबिंग गरिरहेको र पार्टी अध्यक्ष स्वयंमले पनि आफ्नो टीमको खम्बाको रुपमा रहेका रश्मि आचार्यलाई नै अध्यक्ष बनाउने उद्घोष गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यस्तै अखिलका उपाध्यक्षहरुमा जो महेश बर्तौला, शैलेष लामा, सुनिता बराल, र महासचिव ऐन महरको पनि अध्यक्ष दावेदारी रहेका छ । अखिल मिलाउने हो भने पार्टींमा नयाँ सन्देश र आम विध्यार्थीमा विध्यार्थी आन्दोलनलाई नयाँ गतिका साथ अगाडि वढाउनु आवस्यक रहेको अखिलमा बहस चलेको छ ।

यसका लागि संगठनको अध्यक्षमा रश्मि आचार्य बन्नुपर्ने नेताहरुले बताउँदै आएका छन् । पुर्व अनेरास्ववियुका अध्यक्षहरु, वर्तमान विध्यार्थी नेताहरु आचार्यलाई अध्यक्ष वनाउन लागेका छन् । साथै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पनि नैतिकतामा कुनै दाग नलागेका आचार्यलाई अध्यक्ष वनाई अनेरास्ववियुमा  नयाँ सन्देश दिन आवश्यक ठानेको ओली निकट श्रोत बताउछ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगाएतका नेताले बौद्धिक नेताका रुपमा छबि बनाएका उपाध्यक्ष आचार्यलाई अध्यक्ष बनाएमा उनले गुट भन्दा माथिको निर्णय गर्न सक्ने धेरैको विश्वास रहेको छ । त्यस्तै ओलीले पनि यो कुराबाट सुनौलो मौकाको सन्देश दिन पनि चाहेका खुल्न आएको छ ।

अखिल पुनर्गठन निर्णयमा निष्पक्षता कायम गर्न आचार्यको नेतृत्व आवस्यक रहेको नेताहरुको बुझाई छ ।आचार्यको नेतृत्वमा अनेरास्ववियु आएको अवस्थामा गुटगत द्धन्दको अन्त्य हुने समेत विश्वास पार्टीका नेताहरुले लिएको बताईएको छ ।

अनेरास्ववियु उपाध्यक्ष रश्मी आचार्य आचार्य नविना लामापछि अनेरास्ववियुको केन्द्रमा रहेका पुराना नेता हुन् ।

चितवनमा सम्पन्न १८ औँ महाधिवेशनबाट ठाकुर गैरे केन्द्रीय अध्यक्ष निर्वाचित हुँदा आचार्य केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

कास्की जिल्लाको भरतपोखरी–८, गैरीगाउँ (हाल, लेनपा–१८)मा जन्मिएका आचार्यले स्कूलको प्रारम्भिक कमिटिबाटै विद्यार्थी राजनीति शुरु गरी अनेरास्ववियुको कास्की जिल्ला तथा गण्डकी अञ्चल कमिटिको अध्यक्ष हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्य र संगठन विभाग प्रमुखको भूमिकासमेत निर्वाह गरेका थिए ।

संगठनभित्र सक्रिय, क्षमतावान् र पारदर्शी नेताको छवि बनाएका आचार्य विद्यार्थीबीच पनि उत्तिकै लोकप्रिय र चर्चित छन् । त्यसैले पनि उनी पोखराको पृथ्वीनाराण बहुमुखी क्याम्पसको स्ववियु सचिव र सभापति समेत बने । अघिल्लो सम्मेलनमा संगठनको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित आचार्य अहिले उपाध्यक्ष हुन् ।

 

 

0
Shares

Comments

comments