राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी

everest kitchen

काठमाण्डौ – राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् ।

प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका छन ।

प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए।

प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भए । प्रदेश २ मा नेकपाले राजपासँग तालमेल गरेर चुनाव लडेको थियो । जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश २ मा चुनावी गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी भएका छन ।

यस्तै प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी भएका छन ।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिला तर्फ भगवती न्यौपानेले जितेका छन ।

प्रदशे ५ मा अन्यबाट गोपाल भट्टराई ,महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा विजयी भएका छन ।

कर्णाली प्रदेशमा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी भए ।

सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँर विजयी भएका छन।