अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध

everest kitchen

काठमाडौं । अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध गरेका छन् । सर्लाहीको धनकौल(३ मा रहेको उक्त मिलबाट काठमाडौं लैजाना तयारि गरेकाे चिनि किसानहरुले राेकेका हुन ।

शनिबार करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजारिकरणकाे लागि काठमाडौं लगायत लैजान खोज्दा स्थानीय किसानहरुले भुक्तानी माग गर्दै अवरोध गरेका हुन् ।

केहि साता अघि उद्योग मन्त्रालयसंग चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उक्त उद्योगले अझैसम्म किसानकाे पैसा नतिरेकाे हाे । उक्त उघेागले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गर्न लागेकाे बुझिएकाे छ ।