अमेरिकामा लुकेकी उपमेयर नेपालीद्धारा आराेप खण्डन

everest kitchen


काठमाडौं । एक  गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपालीले ९दर्शना० उतै लुकेको आरोप खण्डन गरेकि छिन । केहि समयदेखि निष्क्रिय रहेकाे फेसबुक अाईडिलाई सक्रिय बनाई आफू बिरामी भएर नेपाल फर्किन नसकेको बताएकी छिन्‌।

उपमेयर अमेरिकाबाट नफर्केपछि उपमेयर दन्ताको व्यापक आलोचना भइरहेको छ। नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता दन्ता अमेरिकी पुगेकी थिइन्‌। अमेरिकका पुगेकाे केहि समय सम्म मेयर रतन शाहि संग सम्पर्कमा रहेपनि पछि सम्पर्क बिहिन भएपछि उनि उतै लुकेको समाचार प्रकाशित भएका थिए । उक्त समाचारकाे खण्डन गर्दै फेसबुकमा स दन्ताले लामाे स्टाटस लेखिकि छिन ।

नेपालीको स्टाटस यस्तो छ :

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार १

म आराम छैन । तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ ।

ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु ।

म हरायको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।

अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजालजी संग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन ।

सहयोग त झन् कुरै भएन । अमेरिका आउदाका प्लेख टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु ।

मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपालीरकालीप्रसाद पाण्डे दाजु सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसेले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो ।

अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा। अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।

तिलागुफाका जनताहरुको माया(ममता ममा सधै छ र भैई राख्ने छ । मैले नगर पालिका संघका महसचिव भिमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधी देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मलाई सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ ।

मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागि‌ँन । गल्ती गरे माफ माउँ ।

जिन्दगीमा अरु केहि नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थभन्दा ठुलो केहि छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने रु म दुनियाँकै शक्तिशाली भए पनि केहि छैन मलाई ।

अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहो । मेरो घाउमा नुन(खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।