२२ लाख नगद सहित वडाअध्यक्ष लगायत १६ जना पक्राउ

everest kitchen


काठमाडौ । कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेकाेछ । २२ लाख नगद सहित उनीहरुलाई धनगढी उपमहानगरपालिका–३ बाटमा पक्राउ गरिएको हाे ।

वडा अध्यक्ष शाहीलगायत १६ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।बरामद भएको रकम जफत हुने र जुवा कसुर अनुसार उनीहरुमाथि कार्वाहीकाे तयारि गरिएकाे छ ।

वडा अध्यक्ष शाहि काङ्ग्रेसकाे तर्फबाट कैलाली गाेदावरि नगरपालिका ( वडा नम्बर(१० बाट बिजयी भएका थिए ।
पक्राउ परेका अन्य व्यक्तिहरुको विस्तृत यकिन विवरण भने अाउन बांकी रहेकाेछ ।