अब नयाँ पत्रकार बन्न आउनेले परीक्षा पास गर्नुपर्ने

everest kitchen

काठमाडौं ।  मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो।

पत्रकारिता पेशामा संलग्न व्यक्तिहरूको हकमा भने यस्ताे नियम लागु हुने छैन । तर नयाँ आउन चाहानेका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमति भएकाे छ । त्यस्तै काउन्सिलकाे अध्यक्ष बन्ने ब्यक्ति पन्ध्र बर्षकाे अनुभवसहित सर्वोच्च अदालतकाे न्यायाधीश सरहकाे याेग्यता हुनुपर्ने छ ।