पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी

everest kitchen

ईश्वर राई / हिमाल टाईम्स

क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ ।

यस प्रतियोगितामा बैदेशिक रोजगारीकाे शिलशिलामा मलेसियाका विभिन्न ठाउबाट कार्यरत नेपाली फुटबल खेलाडिहरुको १३ वटा टिम सहभागी थिए । जसमा एमएमसी फुटबल क्लबले पुचुङ फुटबल क्लबलाई १-० को अन्तरले जित्दै तेस्रो भएको थियो । साथै फाईनल खेलमा पिवाईसी जोहोरले आयोजक हिमालयन फुटबल क्लब ‘ए’ लाई २-० गोल अन्तरले सहज जित दर्ता गर्दै प्रथम हुन सफल भएको थियो ।

प्रथम हुने टिमलाई ट्रफि र नगद दस हजार रिंगेट, दोस्रो हुने टिमलाई ट्रफि र पाँच हजार रिंगेट साथेै तेस्रो हुने टिमलाई ट्रफि र तीन हजार रिंगेट पुरस्कार हिमालयन फुटबल क्लबका उपाध्यक्ष शिभ सुबेदिले हस्तान्तरण गरेका थिए ।

यश प्रतियोगिताबाट ३४ जना उत्कृष्ट खेलाडिहरु छनोेटमा परेका छन जस मध्य फेरी अन्तिम चरणको छनोट गरि १७ जना छानी नेपालबाट एनफाका सिफारिसमा ५ जना राष्ट्रिय खेलाडि ल्याई माईग्रेन कपको लागि तयारी गर्ने जानकारी हिमालयन क्लबको संचालक सदस्य सन्तोष कार्कीले जानकारी दिए ।

माईग्रेन कप फुटबल प्रतियोगिता मलेसियामा बैदेशिक रोजगारीको लागि रहेका एसियाली राष्ट्रहरुको खेलाडिहरु सहभागी हुने छ । उक्त माईग्रन कपको आयोजना हिमालयन फुटबल क्लबले गर्ने छ भने यस प्रतियोगिता २०२० को श्रमिक दिवश मे १ को दिन शुरु हुने जानकारी हिमालयन क्लबका उपाध्यक्ष सुबेदिले जानकारी दिए ।