सोनाम ल्होछारकाे प्रवासकाे राैनक

everest kitchen

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा २८५६ औं सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम क्वालालम्पुर, जहोर र पेनाङमा बृहतरुपमा सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ मलेसिया केन्द्रीय समितिले जनवरी २५ तारीख नेपाली राजदुतावास मलेसियाका उप-नियोग प्रमुख मोतिराम श्रीष मगरको प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रीय सचिव रबिन लामा थिङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा कार्यक्रममा नेपालबाट आमन्त्रित गायक फुल कुमार बोम्जन, अहिलेका बहुचर्चित मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र सेलो गायिका बिमला थिङ साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।


साथै जनवरी २६ का दिन
तामाङ घेदुङ क्षेत्रिय समिति जोहोरले तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्बादोर्जे मोक्तानको प्रमुख आतिथ्यमा त्यहाका संथानीय कालाकरहरुको बेजोड प्रस्तुतिको साथ भब्यरुपमा सम्पन्न गरेको छ ।यसै गरि नेपाल तामाङ घेदुङ क्षेत्रिय समिति पेनाङले नेपाल तामाङ घेदुङ मलेसियाका केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबाको प्रमुख आतिथ्यमा त्यहाका स्थानिय कलाकारहरुको झाकि नृत्यको बेजोड प्रस्तुतिको साथ सोनाम ल्हाछार सम्पन्न गरेको छ ।

संसार भरि छरिएर रहेको तामाङहरुको एकता कायम गर्दै आफ्नो पहिचान र अधिकारको प्राप्तिको निम्ति यस सोनाम ल्होछार बृहतरुपमा मनाएको जानकारी आयोजकले दिएको छ ।