तक्मे बुढालाई जन्म दिनमा सरिनाकाे छाेरि उपहार

everest kitchen


काठमाडौं । हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । राई को आजै जन्मदिन पनि परेको छ ।

उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन पनि मनाउँदै छन् । भाग्य बस यसै दिन छोरीको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ ।

राएले इलामकी सरिना लामासँग एक वर्षअघि बिहे गरेका थिए ।