नेकपाकाे महाधिवेशन मिति तय

everest kitchen

काठमाडौँ । समृद्ध नेपाल ,फसुखी नेपालीको अाधार( सुदृढ पार्टी , सुशासन र लाेकप्रिय सरकार भन्ने नाराका साथ नेकपाकाे महाधिवेशन चैत २५ ३० सम्म ताेकिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २०७७ चैतमा महाधिवशेन गर्ने प्रस्ताव केन्द्रीय समितिमा राखेका हुन ।

बुधबारदेखि काठमाडौंको राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत्र २५ देखि ३० सम्म राष्ट्रिय महाधिवेशनको मिति तय गरेका छन् ।
अागामी भदौ देखि मंसिरसम्म सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी समिति बैठकमा राष्ट्रिय महाधिवेशनको मिति तय गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएकाे थियाे ।