पाँच दिनमै चीनमा बिशाल सुबिधा सम्पन्न अस्पताल बन्यो

everest kitchen


काठमाडौ । चीनले  ५ दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ।

चीनको वुहान क्षेत्रमा कोरोना भाइरसले माहामारीको रुपमा लिएपछि चिनले उक्त भाईरसका बिरामीलाई उपचार गर्न हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हाे । यसअघि चीनले गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कामदार तथा स्वयंसेवकहरुले निरन्तर रातदिन खटिएर सुविधा सम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको जनाइएको छ।

अस्पताल निर्माण ६ दिनमै सक्ने प्रतिबद्धता संगै तथा लक्ष्य चिन सरकारका अधिकारीहरुले लिएका थिए । यधपी लक्ष्य अनुरुप अगाबै, ५ दिनमै सुबिधा सम्पन्न अस्पताल बनेकाे हाे । नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको छ ।