प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्री बिच भेटवार्ता

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न बीच भेटवार्ता भएकाे छ ।

नेपाल र लक्जेमवर्गबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन लक्जेमवर्गका विदेशमन्त्री जिन एसलवर्न नेपाल आएका हुन् । साे अबसरमा प्रधानमन्त्री अाेली र लक्जम्बर्गका विदेशमन्त्री जिनकाे भेटवार्ता भएकाे हाे । भेटमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुय्राउने , व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल भएको बताएको छ ।

विदेशमन्त्री एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आएका हुन । भ्रमण सम्पन्न गरी उनी बिहीबार नै स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।लक्जेमवर्गका समकक्षी जिन एसलवर्नको सम्मानमा मन्त्री ज्ञवादीले बुधबार नै दिवाभोजसमेत आयोजना गरेका छन्