पत्रकारको लाईसेन्सकाे परिक्षा लिने व्यवस्था हटाउन पत्रकार महासंघकाे माग

everest kitchen


काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको परिक्षा लिने व्यवस्था हटाउन नेपाल पत्रकार महासंघले माग गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रताकाे विरोधी भएको बताएको छ। महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरिएको छ ।

ॅअन्यथा संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।