फेरि गाेर्खामा ट्रिपरले किचेर एक महिलाकाे मृत्यु

everest kitchen
photo :file

काठमाडौं । सुर्खेतको घटना सेलाउन नपाउदै फेरि गोरखाको छेपेटारमा ट्रिपरले किचेर एक महिलाको मृत्यु भएको छ।

घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी गोरखा नगरपालिका १० अमलापानीकी मनमाया तामाङलाई ग १ ख ८०२७ नंबरको टिपर किचेको हो। तामाङको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

महिलाकाे मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन्। त्यस्तै गोरखकाली क्रसर उद्योगमा रहेका करिब २ दर्जन टिप तथा एक्साभेटर तोडफोड गरेका छन्।  क्रसरमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिप्रका गोरखाले जनाएको छ।