निर्भया बलात्कार काण्डका दाेषिकाे फासी स्थगित

everest kitchen

नयाँदिल्ली । भारतको दिल्लीस्थित पटियाला अदालतले निर्भया बलत्कार काण्डका चार दोषीहरुलाई सुनाइएको फाँसी हाललाई स्थगित गरेको छ । अदालतद्वारा मृत्युदण्ड सुनाइएका दोषीहरुको याचिकालाई स्वीकार गर्दै शनिबारको फाँसी अर्को आदेशकाे सूचना नआउदासम्मका लागि रोकेको हो ।

सन २०१२ डिसेम्बर १६ मा एक युवतीको बलात्कार र यातना दिएको आरोपमा उनीहरुलाई ट्रायल कोर्टले जनवरी १७ मा दोस्रो पटक ब्ल्याक वारेन्ट जारी गर्दै फेब्रअरी १ ९शनिबार० का लागि फाँसीको आदेश दिएको थियो।

१६ डिसेम्बर २०१२ दिल्लीमा निर्भयाकाे ६ जना युवाहरु मिलि चलि राखेकाे बसमा बलात्कार गरेका थिए । बलात्कारपछि युवतीकाे मृत्युु भएकाे निश्चित गर्दै बलात्कारिहरुले फ्याकेका थिए । पछि पिडित युवतीको पुलिसले उद्धार गरि अस्पताल लिएकाे थियाे । युवती थप उपचारका लागि सिङगापुर लिई उपचार गरिरहेकाे क्रममा युवतीकाे मृत्युु भएकाे थियाे ।