तमु समाजद्वारा ल्हाेसार कार्यक्रम सम्पन्न

everest kitchen

तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ यहि अाईतबार मलेसिया, क्वालालुम्पुर स्थित एक हाेटलमा सम्पन्न भएको छ ।
तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत उदयराज पाण्डे रहेका थिए ।
कार्यक्रमलाई खाजा घर रेस्टुरेन्ट, सोल्टी रेस्टुरेन्ट न्यु कास्की रेस्टुरेन्ट, अन्नपूर्ण मिनिमार्केट, गुरुङ्ग मिनिमार्केट र गोर्खा किचन जोहोरले प्रायोजन गरेका थिए । कार्यक्रममा गुरुङ कलाकारहरुले संस्कृति झलकाउने नृत्य तथा गितको साथै अन्य कलाकारहरुले नेपाली संगितिक प्रस्तुतिले मनोरञ्जन दिएका थिए ।