अमेरिकी हवाई अाक्रमणमा कुद्स फाेर्सका प्रमुख मारिए..

everest kitchen

 

काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएकाेे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको उल्लख गरेका छन । ।

अमेरिकी रक्षा विभागका अनुसार सोलेमानी आतंकवादी घोषित हुन । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको हात रहेको विभागको दाबी छ ।

हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।