भारतीय किक्रेटर पाण्डयाकाे माेडेल नतासा संग इंगेजमेन्ट..

everest kitchen

एजेन्सी । चर्चित भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्डयाले आफ्नो प्रेमीकासँग इंगेजमेन्ट गरेको खबर बाहिर आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार  २६ बर्षे पाण्डयाले मुम्बईमा बसोबास गरिरहेकी सर्बियन मूलकी नायीका, मोडल तथा डान्सर नताशा स्टानकोविचसँग बर्ष २०२० को नयाँ बर्षमा इंगेजमेन्ट गरेका हुन् ।

पाण्डयाले हालै ईन्ष्टाग्राममा सार्वजनिक गरेको नयाँ  तस्विरमा उनले प्रेमीका नताशासँग क्रुजमा छुट्टी मनाइरहेको देखिन्छ । साथै तस्विरमा नताशाले इंगेजमेन्ट रिंग (औंठी) पनि देखाइरहेको देख्न सकिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनिहरु केहि बर्षदेखि प्रेममा थिए ।