जम्मु- कश्मीरमा मारिएका अर्जुन थापामगरलाई उच्च सम्मानकासथ अन्त्येष्टि

everest kitchen

photo: file

कश्मीर । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको उच्चसम्मान सहित अन्त्येष्टि गरिएकाे छ । शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्पमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हाे ।

राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा र श्रीमती सरिता लगायत परिवार बागडोगरा क्याम्पमा पुगेका थिए ।

करिव तीन किलाे मिटरकाे शवयात्रापछि मगरकाे भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जेनेरल अरुणकुमार गुप्ताले सैनिक सलामी सहित मगरको शवमा माल्यार्पण गरेपछि ७० वर्षीय अर्जुनका बुवा प्रेमबहादुरले छोराको शवमा दागबत्ती दिएका थिए।

गत बुधबार जम्मू–कश्मीरको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको थियो।