१ सय २२ जना चिनियाँ नागरिकलाई आज देशनिकाला गरिदै

everest kitchen

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो।

नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १ सय २२ जना चिनियाँ नागरिकको ट्राभल डकुमेन्ट अध्यागमन विभागलाई उपलब्ध गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट तयार गरी विभागलाई पठाएको र उनीहरूको पासपोर्ट रद्द गर्न आग्रह गरेको बताए।

पक्राउ परेका १ सय २२ जना मध्ये २६ जनासँग मात्र पास्पोर्ट रहेको र बाँकी ९६ जनासँग भने पासपोर्ट नै नभएको उनले जानकारी दिए। पौडेलकाअनुसार उनिहरुलाई दुई समूहमा विभाजन गरेर चीन पठाइनेछ। उनीहरू मध्ये ४२ जनालाई पहिलो समूहमा साँझ पौने ५ बजे चाइनाइस्टन एयरको विमान र दोस्रो समूहलाई साँझ पौने ७ बजे साउदन एयरवेजबाट चीन पठाउने तयारी छ।

यसका लागि दुबै विमान कम्पनीले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइ सकेका छन्। शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा उनीहरु पुस ७ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।

Thahakhabr