प्रदेश ३ काे राजधानी भक्तपुरको सानाेठिमि बनाउनुपर्छ : शशिजङ्ग थाप

everest kitchen
File photo

काठमाडौ । प्रेदेश तीनकाे राजधानी र नामाकरण बारे प्रदेश सभा बैठक बसि रहेकाे छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।

छलफलको आरम्भमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रदेशसभा सदस्य शशिजङ्ग थापाले भक्तपुरलाई राजधानी बनाउनुपर्ने तर्क अघि सारेका छन। थापाले भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी बनाउनुपर्ने तर्क गरेका हुन् ।

भक्तपुर प्रदेश ३ का १३ वटै जिल्लाको केन्द्र रहेको दाबी गरे गर्दै थापाले शिक्षा मन्त्रालयको अधिनमा रहेकाे सानोठिकाे करिब दुई सय रोपनी जग्गा र त्यहाँ रहेका शैक्षिक कार्यालयका भवनहरु प्रदेश राजधानीका लागि उपयुक्त हुने तर्क अघि सारेका छन ।

यधपी नेकपा सचिवालय बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम राख्न निर्देशन जारी गरेकाे छ ।