मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका झगडा गर्ने खेलाडीहरुलाई प्रतिबन्ध

everest kitchen

काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे ।

मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरिएको छ , भने मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ ।

 मनाङका जगजित र अशोकलाई जनही १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको एन्फाले जनाएको छ । साेहि टिमका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलमा निलम्बन गरिएको छ भने १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

त्यस्तै टिमकाे बेञ्चलाई अनुशासनमा राख्न नसकेकामा दुबै टिमलाई ५० हजार जरिवाना समेत तोकिएको छ ।

खेल लगतै खेलाडीहरुले मैदानमा झगडा गरेका थिए । सोमबार भएको खेल ए डिभिजन लिगमा  दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।