काठमाडौंका ट्राफिक लाईटहरु बल्न थाले

everest kitchen

काठमाडौँ — काठमाडौंमा ट्राफिक लाईटहरु पुनः सञ्चालनमा आउन थालेका छन । सिंहरबार पश्चिम गेट, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको चोक, बानेश्वर चाेक, पुरानो वानेश्वर चाेक, गौशाला लगायतकाे स्थानमा ट्राफिक लाइट सञ्चालनमा अाएका हुन ।

सडक विभागकाे सक्रियतामा करिब अाठ बर्षपछि ट्राफिक लाईटहरु पुनः बलेका हुन । नाै बर्षअघि जापान सरकारले जडान गरिदिएको लाइट बिग्रिएपछि नेपाल सरकारले लाईट बनाउने प्रति कुनै चासाे थिएन । तर अहिले अायर सडक विभागले एउटा लाइट बनाउन कम्तीमा ६ लाख रुपैयाँ खर्च गरेर लाईट निर्माण गरेकाे बताएको छ ।

मर्मत गरिएका र नयाँ जडान गरिएका ट्राफिक लाइटमा दृष्टिविहीनले समेत थाहापाउने सक्नेछन् । वाटाे खुलेकाे र बन्दा भएकाे साङ्केतिक आवाज आउने प्रविधि राखिएकोले दृष्टिबिहिनले पनि थाहा पाउने छन ।