रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिए

everest kitchen

मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि  दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन ।

देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको चौथो कार्यकाल सकिनुभन्दा चार वर्षअघि रुसको संविधानमा परिवर्तन गर्ने घोषणा भएको छ । हालको संवैधानिक व्यवस्थाअनुसार उनी अर्को कार्यकालका लागि योग्य हुने छैनन् । रुसमा दुई कार्याकाल भन्दा बढि राष्ट्रपति बन्न नपाउने ब्यबस्था रहेका छ ।

प्रधानमन्त्री मेदभेदेभका अनुसार राष्ट्रपति पुटिनको प्रस्तावले रूसको शक्ति सन्तुलनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने छ  । उनलाई राजीनामा दिएर देशको राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुख बन्न राष्ट्रपति पुटिनले आग्रह गरेकाे पनि उनले बताए  । यधपी मेदभेदेभलाई राजिनामा दिन लगाउनुकाे कारण बारे प्रष्ट हुन बांकी नै छ । पुटिन र मेदभेदेभले सन २०१२ तिर पद साटासाट गरेका हुन ।ऐजेन्सि