सुनिता पाैडेलले चार शिशुको जन्म दिईन

everest kitchen

पाेखरा । पाेखराकाे मणिपाल मेडिकल कलेजमा बिहीबार एक महिलाले चम्ल्याहा बच्चाकाे जन्म दिएकी छिन । स्याङ्जाको पुतलीबजार १ घर गरेकी २६ वर्षीया सुनिता पौडेल प्रधानले तीन छोरी र एक छोराकाे जन्माएकी हुन ।

शल्यक्रियाबाट जन्माईएकाे चार वटै बच्चाकाे अबस्था सामान्य रहेकाे अस्पतालले जनाएको छ । शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २।५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको प्रत्येकको ताैल १।६ काे रेसियाेमा रहेकाे छ ।