काठमाडौं लगायत देशभर हल्का बर्षात र हिमपात

everest kitchen


काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। यसकाे प्रभावले काठमाडौं लगायतका पहाडी भु(भागहरुमा हल्का बर्षात र हिमपात गरिरहेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  माघ ३ गते शुक्रबार दिउँसो स् देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

राती पनि  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभाबना रहेको छ । शनिबार पनि दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रहनेछ।