आस्था बहिनी कलाकार सेताे कपडा हाे, थाेरै लागे पनि दाग देखि हाल्छ : दिपकराज गिरि

अास्था राउत बिबादमा फसेपछि दिकराज गरिले साहानुभुति सहितकाे लामाे फेसबसक स्टाटस लेखेका छन । उन कलार सेताे कपडा हाे थाेरै लागेपनि दाग देखिन्छ भ्नदै अास्थालाई सयंम हुने सुझाएका छन ।
कलाकार दिपकराज गिरिकाे फेसुक स्टाटस:

प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन । तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो ।

म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू । यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू ।
…..समस्या कॉहाबाट आयो भने … तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो । भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ । .. उनिहरू लाइ छुट्टै दवाव हुन्छ .. उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ … त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि त्यॉहा पनि निस्कियो होला
तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ ।

सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ .. अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ .. अत सहनु पर्ने हामिले नै रहेछ …. बिदेशमा प्राय: यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै vip हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू , नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि vip मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ, भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै vip हो .. यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ ।

मापसे कान्ढमा म पनि परे गल्ति मेरै थियो । तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो । मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् … यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ …हामि लाइ अन्याय नै भयो भने पनि
“कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ। त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ …तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला … तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो
तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला … तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत: यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ … जे हुन्छ राम्रैको लागि हुन्छ ।

आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ … त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग …. सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन , हामि सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ……!!!