नेवि संघकाे छिटो केन्द्रीय समिति गठन गर्न माग

everest kitchen

काठमाडौं । नेविसंघ केन्द्रीय समिति आवश्यकता परेको भन्दै काङ्ग्रेस समर्पित बिध्यार्थीहरुले छिटो गठन गर्न माग गरेका छा । फागुन १४ मा स्ववियु निर्वाचन हुने भएकोले तयारीका लागि पनि छिटो नेविसंघको केन्द्रीय कमिटी बनाउनुपर्ने भन्दै नेतृत्व संग यस्ताे माग राखिएकाे हाे ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले उपत्यकास्तरीय स्ववियु निर्वाचन तयारीका लागि शुक्रबार गरेको छलफलपछि चार बुँदे निर्णय गर्दै केन्द्रीय समिति छिटो गठनका लागि पार्टीसँग माग गरेको हो।

नेविसंघले पार्टी केन्द्रीय कार्यालयमै एक महिनादेखि रिले अनसन गर्दै छिटो नेविसंघलाई नेतृत्व दिन र विधानअनुसार ३२ वर्षे उमेरहद लागू गर्न माग गरिरहेका छन्।नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन भएको एक वर्ष हुँदा पनि नेविसंघ केन्द्रीय समिति गठन भएको छैन।