यी कारणले ईन्जिन सिज हुन सक्छ

everest kitchen

काठमाडौं । मोटरसाइकल वा गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु हो । लापरवाहीका कारण पुरानो मात्र होइन, नयाँ सवारीसाधनको पनि इन्जिन सिज हुन सक्छ । त्यसमाथि नेपाली बटोको अवस्था र चालकले पनि चलाउँदा धेरै लापर्वाही गर्ने हुँदा इन्जिन नै सिज हुने गरेको छ ।

साधारण मोटरसाइकलको पनि इन्जिन सिज भएको खण्डमा ठूलो धनरासी खर्च हुन्छ । त्यसैले तपाईको सवारीसाधनमा यस्ता लक्ष्यण देखिएको छ भने तत्काल गाडी रोकेर ग्यारेजमा सम्पर्क गर्नुपर्छ ।

१. गाडी वा मोटरसाइकलको इन्जिन सिज हुनुको मूख्य कारण ओभर हिटिङ हो । साधन धेरै तात्यो भने यसको संकेत दिने प्रणाली सबै गाडी वा मोटरसाइकलमा दिइएको हुन्छ । यो कुरालाई कहिल्यै पनि बिर्सनु हुँदैन । यदि सवारीसाधनमा ओभर हिटिङको संकत बलिरहेको छ र तपाईले गाडी रोक्नुको सट्टा चलाई रहनु भयो भने तपाईको गाडी सिज हुन सक्छ ।

२. टाइमिङ बेल्ट वा टाइमिङ चेन टुट्नाले पनि इन्जिन सिज हुन्छ ।

३. इन्जिनको सिलिन्डरमा पानी पस्यो भने यसबाट पिस्टनमा नोक्सानी हुन्छ । यसबाट पनि इन्जिन सिज हुन्छ । खासगरी भारी पानीमा सवारीसाधन चलाउदा यस्तो समस्या आउन सक्छ । त्यसैले सवारीसाधन किन्दा दिइने म्यानुएल हेरेर आफ्नो गाडी कति गहिरो पानीमा चलाउन सकिन्छ सोही निर्देशाअनुसार चलाउनु पर्ने हुन्छ ।

नेपालको बिभिन्न क्षेत्रमा वर्षामा डुवान हुनेहुँदा सबै भन्दा धेरै गाडीको इन्जिन सिज पानीकै कारण हुने गरेको इन्जिनियरहरु बताउँछन् । उसोत पानीको कारण गाडीमा रहेको सम्पूर्ण वाइरिङ्गमा पनि समस्या आउने गरेको छ ।

४. खराब इन्धनका कारण पनि इन्जिन सिज हुन्छ । त्यसैले गुणस्तरीय पेट्रोल पम्पमा मात्र इन्धन भर्नु राम्रो हुन्छ । नेपालमा आउने तेलमा अझै प्रयोगकर्ताले ठुक्क हुने अवस्था आएको छैन । त्यसैले गाडीमा इन्धन हाल्दा सहि स्थानको छनोट गर्नु पर्छ । meroauto