काङ्ग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशब्यापी बिराेधपत्र बुझाउदै

everest kitchen
photo file

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको हाे ।

ॅसूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने प्रवधानले नागरिको गोपनियताको संवैधानिक अधिकार हनन् हुन्छ । त्यस्तै ’ सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरेवापत पाँच वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगतआलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षड्यन्त्र भएकाे भन्दै , यसका विरुद् ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउन लागेकाे काङ्ग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पुस १७ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सूचना प्रविधि विधेयक, नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन् गरेको काँग्रेस केन्द्रीय समितिको ठहर गर्दै संविधानविपरीत आएका विधेयकविरुद्ध पुस २८ गते देशव्यापी विरोधपत्र बुझाउने निर्णय गरेको थियो ।