ओली प्रचण्डकाे बालुवाटार खासखुसमा के भयाे निर्णय : भरे सचिवालय बैठक बस्ने

everest kitchen

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अाज अाईतबार बिहानकाे भेटवार्ता सकिएको छ।

करिब २ घण्टासम्म चलेको भेटमा सभामुखको उम्मेदवार टुंग्याेकाे छ । रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो। सभामुख काे भन्ने बिषयमा टुङ्गाे लागेपनि सचिवालयकाे निर्णय पछि मात्रै नाम सार्वजनिक हुने स्राेत बताउछ ।

आजै अपरान्ह ४ बजे सचिवालय बैठक डाकिएको छ । उक्त सचिवालय बैठकमा सभामुखका लागि उपसभामुख
डा। शिवमाया तुम्बहाङफे, सुवास नेम्बाङ र अग्नि सापकोटाको मध्ये बाट नाम अाउने बुझिएको छ ।