प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद बिस्तार गरे

everest kitchen


विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् ।

झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि ,कृषि तथा सहकारी र मोरङका विजयकुमार विश्वासलाईपर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।

यद्यपि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त हुन बांकी। दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेर राईले राज्यमन्त्री नियुक्ति गरेका हुन ।