लेबनानकाे बेरुत आन्दोलनमा ४०० जना घाईते

everest kitchen


बेरुत । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय  जना घाइते भएका छन् ।  सरकार विरोधी आन्दोलनकारी र सुरक्षाकर्मीहरुका बीच भएको झडपमा परी उनीहरु घाइते भएका हुन ।

आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा सवैभन्दा धेरै घाइते भएकाे घटना अाईतबारकाे बेरुत अान्दोलनमा भएको रेडक्रस लगायतका उद्धार कर्ताले जानकारी दिए । घाईतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे बताएको छ ।

राष्ट्रिय आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् २०१९ को बजेटले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कामदारको तलव कटौती गर्ने चर्चापछि राष्टरब्यापी अान्दोलन क्षेडिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

आन्दोलन दबाउन प्रहरीले अन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्नुका साथै लाठिचार्ज समेत गरेपछि अान्दोलनकारि  अाक्रमक हुदा दुवै पक्ष बीचकाे झडपले उनीहरु घाइते भएका हुन् ।