मलेसियामा मगरहरुकाे माघे संक्रान्ति

everest kitchen

क्वालालम्पुर । मगरहरूले विशेष पर्वकाे रूपमा मनाउने गरेकाे माघि पर्व मलेसियामा पनि मनाईएकाे छ ।


  • नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष फुर्बा दोर्जे तामाङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा, नेपाल तामाङ कलकार संघ मलेसियाका सल्लाहकार कगत दोङ, कभ्रे कल्याणकारी सेवा समाजका सदस्य छिवाहाङ पाख्रिन लगायतका संस्थाका प्रतिनिधिहरुकाे अातिथ्यता साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सहिद लखन थापा र गाैतम बुद्दकाे फाेटाेमा दीप प्रज्वलन गरि कार्यक्रमकाे सुरूवात गरिएकाे थियाे ।

कार्यक्रम संचालन नेपाल मगर संघ मलेसिया शाखाका महासचिव राम प्रसाद मगरले गरेका थिए भने स्वागत मन्तब्य सल्लाहकार ऋषि मगरले गरेका थिए ।
कार्यक्रममा मगरजातिको झाकी नृत्य प्रस्तुत भएको थियो र सेल रोटि, तुरुल, सखरखण्ड साथै विभिन्न परिकार खाएर समापन गरिएको थियो ।
तस्बिर : ईश्वर राई