नेपाल आदिवासी जनजाति महासंघ जोहोरमा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति 

everest kitchen

जनजाति महासंघ जाेहाेरमा गंगा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति
क्वालालम्पुर । नेपाल  अादिवासि जनजाति महासंघ मलेसिया क्षेत्रिय समिति जाेहाेरबारू मलेसियाकाे चाैथाे अधिवेशनबाट गंगा चाम्लिङकाे नेतृत्वमा नया समिति चयन भएकाे छ ।

अधिवेशनबाट मनाेनित नया समितिमा गंगा चाम्लिङ राईको अध्यक्षतामा, केशब कुस्मि थारु उपाध्यक्ष, तेज कुमार बुढा मगर उपाध्यक्ष, सुनिल थापा मगर सचिव, रबिकिरण लिम्बू सह-सचिव, रेस्मा राई कोषाध्यक्ष साथै सदस्यहरु ससिकला राई, छविराज राई, मान बहादुर तामाङ, मनमाया राई, सुरेस खबाँस थारु, आशा गुरुङ, सुनिता सुनुवार, सुरेस बुढा मगर, दिनेश थिङ तामाङ, मित्र राई, निलम थापा मगर सहित १७ सदस्यीय समिति चयन भएको छ । साथै जानुका सुनुवार, हेम पुन मगर,र यम बलाल मगर सल्लाहकार रहेकाा छन  ।

जाेहाेरबारू स्थित बागुस सिटि हाेटलमा सम्पन्न अधिवेशनमा मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति थियाेे ।  नेपाल अादिवासि जनजाति महासंघ मलेसियाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अारएन चाैधरि प्रमुुु अतिथी रहेका थिए ।

प्रमुख प्रमख अतिथि चाैधरिले नयाँ समितिलाई शुभकामना तथा बधाई दिदै आदिवासी जनजाती जनजाती समुदायहरुको एकता अझै मज्बुत हुने नसकेकोमा दु:ख ब्यक्त गरे । नयाँ समितिले जोहोर क्षेत्रमा आफ्नो समुदाय र समग्र नेपाली समुदायलाई पनि सशक्तीकरण र एकतामा बल पुय्राउने भन्ने बिश्वास ब्यक्त गरे ।