ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।

सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।

सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए । ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रवक्ता श्रेष्ठले भने । राताेपाटि