मच्छिन्द्र र नेपाल पुलिस क्लब आज भिड्दै

everest kitchen
photo file

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् ।

यसअघि शीर्ष स्थान कब्जा गर्दै आएको मच्छिन्द्र सातौँ चरणमा पुगेर दोस्रो स्थानमा झरेको थियो । त्यसैले मच्छिन्द्र पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने दाउमा छ । पुलिस पनि मच्छिन्द्रलाई रोक्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।

पुराना र नयाँ खेलाडीको समिश्रण रहेको पुलिसको प्रदर्शन विगतको भन्दा खस्किएको छ । तरपनि अनुभवी पुलिसलाई पन्छाउन सक्नु मच्छिन्द्रका लागि ठूलो चुनौती हुनेछ ।