सांसद भएर पनि दिपक मनाङगे फेरि लफडामा

everest kitchen


पाेखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पाेखरमा लफडा गरेका छन । मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको क्रममा विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)ले खेल मैदानमै कास्कीका एन्फा अध्यक्ष मिलन गरुङलाई कुटेकाे समाचार बाहिरिएकाे हाे ।

समाचार बाहिरे संगै सांसद गुरुङले अध्यक्ष गुरुङलाई कुटेकाे स्वीकारिसकेका छन्। भने सांसद गुरुङ विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिने तयारी गरेकाे बताएको छ ।

सांसद गुरुङले “एन्फामाथि भ्रष्टाचारको आरोप लगाएकाे बुझिएकाे छ । यधपी एन्फा अध्यक्ष गुरुङले आरोपमात्रै लगाएर उम्किन पाइँदैन । त्यसलाई प्रमाणित गरेर देखाउन भनेका छन ।’