मलेसियाकाे राेजगार : म्यानपावरलाई मस्ति , श्रमिकहरुलाई सास्ती

everest kitchen


विपेन उलङगे / हिमाल टाईम्स
काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर कम्पनीहरुले मनाेमानी रकम असुली गरि रहेका छन ।

केहि म्यानपावरमा उजुरीको अाधारमा छापा हानि कार्बाहि गरेपनि म्यानपावर कम्पनीले ठगिकाे नयाँ (नयाँ बाटाे खाेज्दै ठगि रहेकाे युवाहरु बताउछन । युवाहरुलाई अनेकन समस्या अालटाल गरेर जति सक्याे धेरै पैसा असुल्ने दाउ म्यानपावरकाे हुने गरेकाे छ । यधपी सकारले गरेकाे सहमति अनुसार नेपालमा गरिने मेडिकल र जिएसजि (सुरक्षा वांच ) बाहेक मलेसिया जांने नेपाली श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्दैन । हवाई टिकेट समेत राेजगार दाताले तिर्नुपर्ने हुन्छ ।

पत्रिकामा डिमाण्ड छपाउछन् तर म्यानपावरमा डिमाण्ड देखाउदैनन्

सरकारले ऐजेन्ट रहित बैदेशिक राेजगार बनाउने हेतेलु अनिवार्य कुनै एक राष्ट्रिय दैनिकमा डिमाण्ड लेटर छाप्नुपर्ने नियम बनाएकाेछ । तर केहि म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीका डिमाण्ड कामदार पठाउने प्रक्रियाको लागि मात्र पत्रिकामा बिज्ञापन छाप्ने गरेका छन । म्यानपावर कम्पनीले अन्तर्वार्ताकाे मिति राखेर विज्ञापन प्रकाशन गरेपनि ऐजेन्टकाे रिफर बिना म्यानपावरमा साेधदा डिमाण्ड छैन भन्ने गरेका छन । तोकिएको मितिमा पनि अन्तर्वार्ता गराउदैनन म्यानपावारहरु ।

त्यति मात्रै हाेईन ऐजेन्ट बिनाका ब्यक्तिहरुले त फाईनल अन्तर्वार्ता सम्म दिन पाउदैनन । यसाे गर्नुकाे प्रमुख कारण ऐजेन्टकाे सेटिङमा अाएकाहरुले कति पैसा तिर्ने, के भन्ने कसाे गर्ने पहिलै फिक्स भैसकेकाे हुन्छ । तर पत्रिका र अन्य माध्यमबाट थाहा पायर गएकाहरुले मागपत्र अनुसारकाे खाेज्ने भएकालेे त्यस्तालाई प्रि( ईन्टरभ्युकाे नाममा फाईनल अन्तर्वातामा समेत नराख्ने गरेकाे युवाहरूको गुनासाे छ।

समाखुसि स्थित मास ह्युमन नामक एक म्यानपारमा मलेसियाकाे एक कम्पनीको लागि अन्तर्वाता दिन अाएका रुकुमका हरि बिष्टकाे पनि यस्तै गुनासो छ । उनि भन्छन ू १८ घण्टा लामाे यात्रा अनि करिब १५र२० हजार पैसा खर्चेर अाए तर अन्तर्वार्ता नै दिन धाैधाै पाईयाे । पहिलानै काेटा पुरा गरिसकेका रहेकाछन । प्रक्रिया पुर्याउन मात्रै अन्तर्वार्ता राखेका रहेछन । रिजल्ट फेसबुकमा राख्छाैं भन्थे तर राखेनन । बरु पास भएकाेलाई फाेन गरिएकाे छ भनेर ढांटे । नाम फेसबुकमा उल्लेख गर्नु सजिलाे र पारदर्शी हुनुपर्नेमा उल्टै फाेन नै गर्छाै भन्नुकाे मतलब चलखेल गरेकै हाेलान ।

त्यस्तै दाङका सरुन पसन ट्रष्ट नेपाल नामक म्यानपावरले मलेसियाको टप ग्लाेब कम्पनीको लागि अन्तर्वार्ता लिदै छ भन्ने थाहा पाएर अाएका थिए । तर उनि मलेसियामा पहिला पनि काम गरेका छन भन्ने थाहा पाएपछि अन्तर्वार्ता न‌ै दिन पाएनन । उनि यसकाे कारण बारे भन्छन ू मलेसियामा पहिला काम गरि सकेकाेले भाषा जान्ने र अाफुले पाउनुपर्ने सेवा सुबिधा खाेज्ने हुदा नयाँ मान्छे लिन रुचाउँछन् राेजगादाता कम्पनी ।

म्यानपावरहरुले श्रम स्वीकृति निकाल्नको लागि मात्र पत्रिकामा बिज्ञापन दिएर भ्रममा पार्ने गरेको मेरङका सुमित धिमालकाे अनुभव छ । एजेन्ट मार्फत मात्र कामदार लिएर सिधै म्यानपावर जादा पहिलै पैसाकाे बार्गेनिङ भैसकेकाे हुदा नयाँ मान्छेलाई पन्छ्याउन अनेक बहान गर्ने गर्छन म्यानपावर । काेटा प्याक भयाे, डिमाण्ड छैन , तपाईंको उमेर बढि वा कम भयाे भनेर अन्तर्वार्तामा समेत नराख्ने गरेकाे उनि बताउँछन् ।

श्रमिकबाट माेटाे रकम असुल्नुकाे प्रमुख कारण मागपत्र किन्छन म्यानपावर

मलेसियाका रोजगारदाताबाट कामदार ल्याउने मागपत्र हात पार्न म्यानपावर व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । रोजगारदाताबाट कमिसन आउने मागपत्र समेतलाई किन्ने प्रतिस्पर्धामा लागेका हुनछन्  म्यानपावर व्यवसायी ।

वैदेशिक रोजगार व्यवसायी कम्पनीका प्रतिनिधिले रोजगारदाता वा रोजगारदाताका प्रतिनिधिलाई भेटेर प्रति व्यक्ति दुई हजार रिंगेट करिब नेपाली रु ५४ हजार सम्म कमिसन दिई मागपत्र हात पार्न गरेका छन । मागपत्र हातपार्न रोजगारदाताबाट दिइने कमिसन र टिकटको खर्च चाहिँदैन भन्छन् । धेरै जसाे म्यानपावरहरु उल्टो रोजगारदातालाई कमिसन दिएर मागपत्र हात पार्छन । अनि नेपालमा श्रमिकहरुलाई फ्रि भिषा , फ्रि टिकेट भन्न लगाउदै रु १ लाख ५० हजार सम्म असुल्छन ।

उसाेत याे चलन पहिलेदेखि नै चल्दै अाएकाेले अब पनि यसाे नगरि मागपत्र पाउन मुस्किल हुने गरेकाे म्यानपावर ब्यबसायीहरु बताउछन । अहिले मलेसियाको माग कम अाउनुकाे कारण नै नेपाली बैदेशिक राेजगार ब्यबसायीले मलेसिया स्थित राेजगारदाता र तिनका प्रतिनिधि तथा अन्य ऐजेण्टहरुलाई माेटाे कमिसन दिन नसकिएकै कारण हाे भन्छन् जानकारहरु ।

मलेसिया जांदा पुरा गर्नुपर्ने चरणहरु

मलेसियाको लागि म्यानपावर कम्पनीले अन्तर्वार्तामा छनोट भएका कामदारले प्रवेश भिसा पाउन नेपालमै चारवटा चरण पार गर्नुपर्छ। सबैभन्दा पहिला श्रमिक म्यानपावरकाे सिफारिस पत्र लियर मात्रै महाराजगन्जस्थित जिएसजी सर्भिसमा बायोमेट्रिक प्रविधिअनुसार औलाको छाप र आँखाको रेटिना लिन जानुपर्छ । अथवा जिएसजी गर्नुपर्ने हुन्छ । यसको नेटवर्क मलेसियाको अध्यागमनसँग जोडिएको हुन्छ। यसले मलेसियाको सरकारको कालोसूचीमा रहेकोरनरहेको पहिचान गर्छ। कालाेसूचीमा नरहेको पहिचान भएपछि मात्रै कामदार बायोमेडिकल प्रणाली जोडिएका हालका ३६ वटा स्वास्थ्य संस्थामा गयर स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

बायोमेडिकलमा पास भएको रिपोर्ट मलेसियाको अध्यागमनमा पुगेपछि मात्रै कामदारको कलिङ भिसा जारी हुनेछ। त्यसपछि वान स्टेप सेन्टरले भिसा प्राप्त गर्नेको तथ्यांक राख्न भिएलएनलाई बुझाउँछ। भिएलएनले तथ्याङ्क राखिसकेपछि भिसा लगाउन दूतावास लिएर जान्छ। भिसा लगाइसकेपछि भिएलएनले राहदानी वानस्टेप सेन्टरलाई बुझाउँछ। वानस्टेप सेन्टरबाटै म्यानपावरले राहदानी लिएर श्रमिककाे टिकेट काटेर मलेसिया पठाउनुपर्ने हुन्छ । सहमतिअनुसार याे खर्च पनि राेगजारदाताकाे हाे

मलेसियामा नेपाली श्रमिकले पाउनुपर्ने सुबिधाहरु

पारिश्रमिक, बिदा तथा बिमा जस्ता सेवासुबिधाहरु पाउनुपर्ने । मलेसियीन कामदार सरह नै नेपालीले संरक्षण पाउने सहमतिमा उल्लेख छ ।

अब दुई वर्षको करारअवधि पूरा गरेपछि कामदार स्वदेश फिर्न पाइनेछ। दुई वर्षमा यदि सम्झौता नवीकरण हुने भएमा एक पटक घर फर्कन सक्ने व्यवस्था गरेको छ।

पारिश्रमिक भुक्तानी गर्दा बैंकमार्फत गर्नुपर्ने । महिना पूरा भएको पछि पारिश्रमिकको विवरण दिनुपर्ने छ । दैनिक ८ घण्टा भन्दा बढी काम गरेमा मलेसियाको श्रम ऐन अनुसार ओभरटाइम पाउने व्यवस्था छ।

नेपालीले लेबी तिर्नुपर्ने छैन । मलेसियाको कानुन बमोजिम तिर्नुपर्ने लेबी, मेडिकल तथा दुर्घटना बिमा शुल्क मलेसियाको रोजगारदाताले तिर्नुपर्ने हुन्छ।

कामदारको भिजिट पास ,भिसा फि तथा सेक्युरिटी डिपोजिट नवीकरण गर्ने दायित्व रोजगारदाताको हुनेछ ।

यदि कुनै कारणले श्रमिकले रोजगारदाताबाट पेश्की लिएको रहेछ भने त्यस्तो पेश्की रकम कट्दा मासिक पारिश्रमिकको आधा भन्दा बढी कट्टा गर्न मिल्दैन । बरु क्रमिक रुपमा काटदै जानुपर्नेछ ।

स्वास्थ्य र सुरक्षाको न्युनतम स्तर समेट्ने गरी आवासको व्यवस्था रोजगारदाताले गर्नुपर्ने छ ।

नेपाली कामदार मलेसिया जाँदा र आउदा लाग्ने हवाई टिकटको व्यवस्था रोजगारदाताले गर्नुपर्ने व्यवस्था गरिएको छ। समय अगावै फर्कँदा भने कामदारले अाफैले खरिद गर्नुपर्नेछ।

नेपाली श्रमिकको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मा रोजगारदाताकाे हुनेछ । बिमा वाफतको रकम, तिर्न वाँकी रकम नजिकको हकवालालाई भुक्तानीको व्यवस्था रोजगारदाताले गर्नु पर्नेछ।

नेपाली कामदारले मलेसियाको राजनीतिमा संलग्न हुन पाउने छैनन्। त्यहाँको कानुन बमोजिम अपराध मानिने कुनै कार्य गर्न पाउने छैनन्।